Feb 23, 2009

गीता पालुङवा

गीता पालुङवा विगत दश वर्षदेखि हङकङमा सक्रियरुपले गीत तथा कविता सिर्जना गरेर हङकङको नेपाली साहित्यमा अमूल्य योगदान दिईरहेकी छिन् । हालसालै जीन्दगीको यात्रा नामक भीसीडी संग्रह प्रकाशन गरेर चर्चाको शिखरमा पुगेकी छिन् । उक्त भीसीडी संग्रह निकाल्नु पूर्व दुर्इ नेपाली आधुनिक सीडी एल्वम प्रकाशन भैसकेकाछन् । उनी लिम्बुवान राष्ट्रिय मोर्चा हङकङको कार्यकर्ता पनि हुन् । साथै विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छिन् । यसको अलवा म्यूजिक भिडियोको लागि समेत मोडेलको भूमिका निभार्इ सकेकी छिन् । फोटो मोडेलमा पनि उनी त्यत्तिक्कै जमेकी छिन् ।